कानूनमन्त्री गुरुङको कटाक्ष-‘सत्ताको लागि एमाले भोकाउँदैमा सरकार ढल्दैन्’

काठमाडौं । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री एवं कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गरेका छन्।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गुरुङले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति लक्षित गर्दै भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताए। एमाले सत्तामा जानका लागि भोकाइरहेको उनको आरोप छ।

मन्त्री गुरुङले वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरु खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको बताए। उनले सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने प्रतिवद्धता जनाए।

‘अहिले गठबन्धनको सरकार ढल्छ भन्ने पनि सुनिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको भरोसा यही गठबन्धनलाई अघि बढाउनेछ । ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन,’ उनले भने, ‘अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो ।’

कानुनमन्त्री गुरुङले वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइल खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको बताए । उनले सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here