सर्वपक्षीय सरकार बनाऔं, सहमतिमा ६/६ महिना सरकार चलाऔं

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सर्वपक्षीय सरकार बनाउन दलहरुसँग प्रस्ताव गरेका छन् । आवश्यक परे मुख्यमन्त्री ६/६ महिना चलाउने गरी सहकार्य गर्न कार्कीको प्रस्ताव छ ।

“अहिले विश्वासको मत दिनुहोस्, सबैलाई आग्रह छ, सरकार सर्वपक्षीय बनाऔं”, उनले भनेका छन्, “आवश्यक परे मुख्यमन्त्री ६/६ महिना हुने गरी चलाऔंला । तर, केही समझदारी गरौंला ।”

कार्कीले एक पटक अवसर दिएर हेर्न पनि आग्रह गरेका छन् । सहकार्य गर्दै गर्दा ठूलो दल भएपनि सबैभन्दा थोरै मन्त्रालय लिन तयार रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here