कोशीमा पनि ढल्यो एमाले सरकार, हिक्मत कार्कीले पाएनन् विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमा शुक्रबार भएको मत विभाजनमा उनी अल्पमतमा परेसँगै सरकार ढलेको हो।

विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री बाहिरिएका छन् ।

पक्षमा एमालेका ४० र राप्रपाका ६ सांसदले मतदान गरे। कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्दा एक सिट रहेको जनता समाजवादी पार्टी (जसपा) ले मतदानमा भाग लिएन।

प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका (सभामुखबाहेक) १२ र एकीकृत समाजवादीका ४ जना सांसद छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here