बुटवल, पाल्पा आसपासमा अत्यधिक वर्षा, तिनाउ नदीमा खतराको संकेत पार

काठमाडौं । बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा हुँदा तिनाउ नदीमा बाढी आएको छ भने पानीको सतहले खतराको स्तर नाघेको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा भइरहेको वर्षा हुने क्रम बढ्दै गएको छ।

जसले गर्दा तिनाउ नदीमा बाढी आएको छ। तिनाउ नदीले बुटबलस्थित खतराको संकेत पार गरेको छ।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सहत ६.८८ मिटर पुगेको छ। जबकि, ५.६ मिटरलाई खतराको स्तर मानिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here