मुग्लिन-नारायणगढ सडक पुन: सञ्चालनमा

काठमाडौं । पहिरोका कारण केही दिनदेखि नै बन्द रहेको मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

शुक्रबार साँझ एकतर्फी रुपमा सञ्चालन भएको उक्त सडकखण्ड तुइन खोलामा ढुंगा खसेपछि शनिबार बिहान ३ बजेदेखि फेरि अवरूद्ध भएको थियो । दुवै स्थानको पहिरो पन्छाएर सडक सञ्चालन भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ। दिउँसो केहीबेर एकतर्फी सञ्चालनमा आएको सडक अहिले भने दुईतर्फी नै सञ्चालन भएको छ।

यसअघि बिहीबार पनि पहिरोले सडक अवरुद्ध भएको थियो। १८ घन्टा लगाएर पहिरो पन्छाइएको थियो भने शुक्रबार साँझदेखि सञ्चानमा आएको थियो।

शुक्रबार राति सडक सञ्चालनमा आए पनि शनिबार बिहान ३ बजे फेरि पहिरो खसेको हो। बिहान केही घन्टा लगाएर पन्छाएको थियो भने दिउसो त्यही ठाउँमा ढुंगा खसेका थिए। दिनभर लगाएर सबै ठाउँको पहिरो पन्छाएको सडक डिभिजन कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here