दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोटबाटै बाहिरियो

काठमाडौं । पहिलो र दोस्रो संस्करणको आइसीसी एकदिवसीय विश्वकपको च्याम्पियन टोली विश्वकप छनोटबाट बाहिरिएको छ ।

हरारेमा भएको खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित हुँदै वेस्ट इन्डिज बाहिरिएको हो ।वेस्टइन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

स्कटल्यान्डको जितमा म्याथ्यु क्रस १ सय ७ बलमा ७ चौकासहित ७४ रनमा अविजित रहे । यो हारसँगै वेस्टइन्डिजले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप गुमाउने भएको छ ।

वेस्टइन्डिज समूह ए बाट सुपर सिक्समा अंक विहीन हुँदै पुगेपछि विश्वकप यात्रा कठिन बनेको थियो । वेस्टइन्डिजले समूह चरणमा नेपाललाई १ सय १ र अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । जिम्बावेसँग ३५ रन र नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here