लेबनानलाई हराउँदै भारत फाइनलमा, उपाधिका लागि कुवेतसँग भिड्ने

काठमाडौं । आमन्त्रित टोली लेबनानलाई पेनाल्टी सुटआउटमा ४–२ ले पारजित गर्दै घरेलु टोली भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बेङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलको निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

भारत समूह ‘ए’ को विजेता तथा लेबनान समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

भारतले उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ । कुवेत बंगलादेशलाई १० ले पराजित गर्दै फाइनल पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here