बढ्यो सुन–चाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here