वायुसेवा निगमको स्पष्टीकरण-‘सामान हराएको दाबी रिपोर्ट गरिएको छैन्’

काठमाडौं । नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमा यात्रुले गरेको गुनासोको स्पष्टीकरण दिएको छ ।

सामान हराएको भनि गरेका गुनासोमा छानबिन गर्दा यात्रुले ब्यागेज क्लेम डेक्समा सम्बन्धित एयरलाइन्ससँग दाबी रिपोर्ट नगरेको पाइएको निगमले जनाएको छ ।

शनिबार दामु दाई (छविलाल भण्डारी) नामका व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा व्यागेजमा रहेको २५ प्रतिशत सामान हराएको गुनासो गरेका थिए । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको छ ।

गत असार १५ गते भण्डारीले कोरियाबाट आउँदा विमानस्थलमा सामान हराएको र दुईवटा मोबाइल ल्याएबापत भन्सार तिर्नु परेको भन्दै गुनासो गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here