उच्च अंकले घट्यो नेप्से, ५ अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २८० कम्पनीको ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज हिमालयन लाइफको सर्वाधिक कारोबार भएको छ ।

यसको ४२ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २७ करोड र सोल्टी होटल २० करोड बढीको कारोबार भएको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४१३ रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४६२ दशमलव ७० रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा बढी श्रृजनशील लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here