ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन ७ दिने ‘अल्टिमेटम’

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ ।

सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशनअनुसार जग्गाभित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने प्रहरी प्रमुख राजु पाण्डेले जानाकारी दिए ।

निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् ।

आइतबार बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेर महानगरको टोलीले जग्गाभित्र थप कुनै पनि संरचना नबनाउन निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here