यूएईले नेपाललाई दियो १ सय ८२ रनको लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत प्लेअफ खेलमा नेपाललाई यूएईले १८२ रनको लक्ष्य दिएको छ।

सातौं स्थानका लागि भइरहेको सेमिफाइनल खेलमा ४६.५ ओभरमा अलआउट हुँदै यूएईले १८१ रन जोडेको छ।

जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको यूएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको हो।

यूएईका लागि कप्तान वृत्य अरबिन्दले ७५ बलमा ४ चौकाको सहयोगमा ४४ रन बनाए। वृत्य गुलसन झाको बलमा बोल्ड आउट भएका थिए। मुस्तफाले ३५ तथा हमिदले २९ रज जोडे ।

सन्चित शर्माले १२ रन बनाए । बलिङमा करण केसी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै २३ रन खर्चिए भने करणले ८.५ ओभरमा ३६ रन खर्चिए । प्रतीश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

यस्तै यूएईका ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै करण केसीको बलमा शून्य रनमा आउट भएका थिए। दोस्रो विकेटका लागि आर्यांश शर्मा र वृत्यले ८८ बलमा ६४ रनको साझेदारी गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here