इ–सेवाबाट जीवन बीमा नवीकरण गर्दा ५० हजार रुपैयाँसम्म जित्न सकिने

काठमाडौं । इ–सेवाबाट जीवन बीमा नवीकरण गर्दा ५० हजार रुपैयाँ जित्न सकिने भएको छ। आफ्ना प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले इ–सेवाले यो अफर अफर सार्वजनिक गरेको हो।

यस अफरमा बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा हरेक दिन एक जनाले १ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

साथै योजनाको अन्त्यमा भाग्यशाली एक जना विजेताले ५० हजार रुपैयाँ जित्न सक्ने इ–सेवाको भनाइ छ। यो योजना असार २५ गतेसम्म सञ्चालन हुनेछ।

दैनिक क्यासब्याक विजेताको घोषणा हरेक साताको अन्त्यमा इ–सेवाको फेसबुक पेज तथा ब्लगमार्फत गरिनेछ भने बम्पर उपहार विजेताको घोषणा इ–सेवाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ।

यस योजनामा सहभागी हुन इ–सेवा प्रयोगकर्ता केवाइसी भेरिफाइड भएको हुनु पर्नेछ। योजनामा कुनैपनि जीवन बीमा कम्पनीको इ–सेवामार्फत नवीकरण गर्न सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here