नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा

काठमाडौं । अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित सडककोपहिरो हटेपछि आइतबार साँझ पाैने ६ बजेपछिदेखि दुवैतर्फी रुपमा सवारी आवागमन सुरु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

सडक गए राति करिब १२ बजेदेखि अवरुद्ध भएको थियो । पहिरो पन्छाउने काम सम्पन्न भएपछि झन्डै १८ घण्टापछि सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलनजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here