नेपालले यूएईलाई हरायो, दीपेन्द्र र सन्दीपको शानदार प्रदर्शन

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि तीन विकेटको जित निकालेको छ ।

आइतबार भएको खेलमा युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाएर पार गर्‍यो। जितमा दीपेन्द्रसिंह ऐरी नायक बने ।

ऐरीले सम्हालिएको प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए । उनलाई सन्दीप लामिछानेले २३ रनसहित साथ दिए ।

यसबाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ बलमा ३५ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २२ बलमा १३ रन र गुल्शन झाले २४ बलमा १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जिम्बावेमा टस जितेर ब्याटिङको निम्तो पाएको युएईले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो।

यूएईलाई सस्तैमा रनमा समेट्न करण केसी र सन्दीप लामिछानेले ३-३ विकेट लिए। प्रतिश जिसी, गुल्सन झा र दीपेन्द्र संह ऐरीले एक एक विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here