निजी विद्यालयले दिने छात्रवृत्तिका लागि काठमाडौं महानगरले विद्यार्थी छनोट गर्ने

फाइलफोटो

काठमाडौं । निजी विद्यालयहरूले कक्षा ११ का विद्यार्थीहरूका लागि उपलब्ध गराउने छात्रवृत्तिका लागि अब काठमाडौं महानगरपालिकाले नै विद्यार्थी छनोट गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिका लागि महानगर आफैंले विद्यार्थी छनोट गर्ने भएको हो ।

महानगरप्रमुख बालेन्द्र साह ‘बालेन’ले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानाकारी दिएका हुन् । उनले भनेका छन् -‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी, गरिबलगायत छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here