इसेवामार्फत लाइफ इन्स्योरेन्स् नवीकरण गर्दा ५० हजारसम्म जित्न सकिने


काठमाडौं, असार १८ । भुक्तानी सेवा प्रदायक इसेवामार्फत लाइफ इन्स्योरेन्सको नवीकरण गर्दा रू ५० हजार जित्न सकिने कम्पनीले बताएको छ । इसेवा प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले कम्पनीले यस्तो अफर ल्याएको हो ।

यस अफरमा बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा हरेक दिन एक जनाले रु १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै योजनाको अन्त्यमा भाग्यशाली एक जना विजेताले रू ५० हजार जित्न सक्नेछन् ।

यो योजना असार २५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक क्यासब्याक बिजेताको घोषणा हरेक हप्ताको अन्त्यमा इसेवाको फेशबुक पेज तथा ब्लगमार्फत गरिने कम्पनीले बताएको छ । बम्पर उपहार विजेताको घोषणा भने इसेवाको फेशबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

यस योजनामा सहभागी हुन इसेवा प्रयोगकर्ता केवाइसी भेरिफाइड भएको हुनुपर्नेछ । यस योजनामा कुनैपनि जीवन बीमा कम्पनीको इसेवामार्फत नविकरण गर्न सकिनेछ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय भन्दा वढी मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here