नेपालगञ्ज विमानस्थलले ल्यायो मौसमी जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा

काठमाडौं । नेपालगञ्ज विमानस्थलले मौसमी जानकारीका लागि डिजिटल प्रणाली संचालनमा ल्याएको छ । नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा यो प्रणाली संचालनमा आएको हो।

नेपालगञ्जदेखि विभिन्न गन्तव्यमा उडानअघि मौसमी जानकारी दिनका लागि यो डिजिटल प्रणाली संचालनमा ल्याइएको हो ।

सो प्रणालीमार्फत धनगढी, महेन्द्रनगर, सुर्खेत, शान्तिपुर, टिकापुर ,सल्ले, लमहीलगायत २० ठाउँको मौसमी जानकारी लिन सकिने बताइएको छ । यससँगै अब सुर्खेत, जुम्ला, डोल्पालगायत गन्तव्यतर्फ उडान अघि मौसमको जानकारी दिन थप सहज हुने भएको छ ।

यो विमानस्थलमा विभिन्न वायुसेवा कम्पनीका एटीआर(७२ सिरिज जहाजले नियमित उडान गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here