एनआईएमबी एस क्यापिटलको एकीकृत कारोबार आजबाट शुरु

`
काठमाडौं, १८ असार । एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेपछि एनआईएमबी एस क्यापिटल लिमिटेडको नाममा असार १८ गते सोमबारबाट एकीकृत कारोबार शुरु गरेको छ ।

प्राप्ति (एक्विजिसन) पश्चात साविकको एनआईबिएल एस क्यापिटल लिमिटेडको नाम समेत एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयले असार ११ गते स्वीकृति दिएको थियो ।

दुवै संस्थाहरुकोे जेठ २९ गतेको विशेष साधारण सभाले पारित गरेको प्रस्ताव बमोजिम एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलई प्राप्ति (एक्विजिसन) गरेको हो ।

प्राप्ति (एक्विजिसन) पश्चात कम्पनीको चुक्ता पूँजी रु. ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालयहरु र ५५ वटा भन्दा बढी कम्पनीको शेयर रजिष्ट्रार कार्यमार्फत करिब २५ लाख भन्दा बढी शेयरधनीहरुलाई सेवा प्रदान हुने कम्पनीले जानकारी दिएको छ ।

यस प्राप्ति (एक्विजिसन)पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेण्ट बैंकिङ व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भईरहेका सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हँुदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास समेत क्यापीटलले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here