नेपाल एसीसी यू १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

काठमाडौं । नेपाल एसीसी यू १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलव३ ओभरमा ८७ रनमा अलआउट भएको हो ।

नेपालले अब फाइनलमा मंगलबार घरेलु टोली मलेसियासँग खेल्ने छ । अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसियाले नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here