दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७६ कम्पनीको ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये होटल र व्यापार बाहेक अरु सबैको परिसूचक घटेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.८३ प्रतिशतले घटेको छ ।

आज हिमालयन लाइफको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटल र नागरिक लगानी कोष समान २० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरा अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।, सीवासी नेपाल लघुवित्त, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

घट्दो बजारमा आज लक्ष्मी इक्वीटी फण्डका शेयर धनीले सर्वाधिक ८.९५ प्रतिशत गुमाएका छन् । यस्तै, सामुदायिक लघुवित्त ७.१३, पाँचथर पावर ६.०१, सयपत्री हाइड्रोपावरको शेयर मूल्य ५.४१ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here