कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने

काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई बनाउने निर्णय गरेको छ । बहुमत पुर्याउन ४७ सीट चाहिन्छ । राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन ।

एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ । यहाँ गठबन्धनलाई सरकार गठनको लागि राप्रपाको साथ चाहिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here