पेट्रोलियम पदार्थको भाउ घट्यो, काठमाडौंमा पेट्रोल लिटरको १७० रूपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेलरमट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।

साथै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४७ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४९ रूपैयाँ पर्नेछ।

यस्तै, सुर्खेत र दाङमा पेट्रोल १६९ तथा डिजेल र मट्टीतेल १४९ मा कारोबार हुनेछ। तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल १७० तथा डिजेल र मट्टीतेल १५० रुपैयाँ प्रतिलिटर खुद्रा मूल्य तोकिएको छ।

निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here