सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा मजदुरको मृत्यु, चालक गम्भीर घाइते

काठमाडौं । सर्लाहीको चन्द्रनगरमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा युवकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार चन्द्रनगर गाउँपालिका-७ मा गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकले बिजुलीको तार छुँदा ट्रकमा सवार रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखियाको मृत्यु भएको हो।

उनी ट्रकमा काम गर्ने मजदुर हुन्। उनको मृत्यु घटनास्थलमै भएको प्रहरीले जनाएको छ।

घटनामा ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय (सर्लाही) ले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here