काठमाडौं । अर्घाखाँची पाणिनी गाउँपालिका–१ कोप्चेमा मंगलबार बिहान पहिराले घर भत्काउँदा ३ जना बालबालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ११ वर्षकी अन्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटी रहेका छन्। १४ वर्षका सचिन्द्र रास्कोटी गम्भीर घाइते भएका छन् । मृतक र घाइते बालबालिका भाइभाइका छोरा हुन्।
परिवारका सदस्य उठेर काममा गएका बेला घरभित्रै सुतिरहेका बालबालिका पहिरोमा परेका थिए।
बालबालिकाको शव निकालिएको प्रहरीले जनाएको छ।
घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन्। उनको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लगातारको वर्षाका कारण बिहान साढे पाँच बजेको समयमा घर माथिबाट खसेको ढिस्कोले घरको आधा भाग पुरेको छ।























