एसीसी यू-१६ इस्ट जोन कपको उपाधिमा नेपालको ह्याट्रिक

काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराउँदै एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ।

नेपालले दिएको २५३ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भयो ।

नेपालका लागि नरेन भट्टले ११२ रनको शतकीय पारी खेलेका थिए। यस्तै, निरजकुमार यादवले ४७ तथा सन्तोष यादवले २६ रन बनाएका थिए।

सूर्यांशु कोइरालाले १८ तथा अशोक धामीले ११ रनको पारी खेले। अरू ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नामले प्रतियोगिता आयोजना गरिएको थियो । नेपालले सन् २०१७ र २०१९ मा उपाधि उचालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here