दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २८२ कम्पनीको २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

होटल समूहको परिसूचक सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ ।

आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, एनएलजी र हिमालयन लाइफ इन्स्योरेन्स समान ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरा अंकले बढेको बजारमा आज सिटी होटलको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, मानुषी लघुवित्त ६.१५, सिंगटी हाइड्रोपावर ५.९५, पिपुल्स हाइड्रोपावर, नेष्डो लघुवित्त, बेस्ट फाइनान्स, ओरेन्टल होटल र मेन्छियाम हाइड्रोपावरको शेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here