प्रचण्डको अभिव्यक्तिले संसदकै अपमान भयो, हदैसम्मको ‘नकचरोपन’ को परिणाम’

काठमाडौं । आफूलाई प्रधानमन्त्री बनाउन भारतीय सरदार प्रीतम सिंह धेरैपटक दिल्ली धाएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई एमाले महासचिव शंकर पोखरेलले ‘हदैसम्मको नकचरोपन’ भनेका छन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘प्रचण्डजी धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरू साक्षी छन् । ‘प्रितम सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने भनाइ उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो।’

उनले प्रचण्डको उक्त अभिव्यक्तिलाई ‘अक्षम्य गल्ती’ भनेका छन् । ‘प्रधानमन्त्री को हुने भन्ने कुरामा बाह्यरुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधिसभा नै हो’, उनले भनेका छन्, ‘जननिर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here