शेयर बजार स्थीर, ३ अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)०.०६ अंकले घटेर २०४९.३९ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २८० कम्पनीको ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ वटाको परिसूचक बढेको छ भने ७ समूहको घटेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.४२ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

झिनो अंकले घटेको बजारमा आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिटी होटल, रावा इनर्जी र माथिल्लो तामाकोसीका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here