घोराही सिमेन्टको आइपीओमा पुनः आवेदन खुला

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले स्थगित भएको आइपीओ आजदेखि पुनः बिक्री खुला गरेको छ ।

कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा बिक्री खुला गरेको आइपीओ गत असार ४ गतेदेखि स्थगित थियो । तर, धितोपत्र बोर्डले अनुमति दिएपछि आजदेखि निष्काशन प्रक्रिया पुनः खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो ।नेपाल धितोपत्र बोर्डको असार २० गतेको निर्देशन अनुसार कम्पनीले आजदेखि आइपीओमा आवेदन पुनः सुचारु गरेको हो ।

कम्पनीको आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्ममा सबै सेयर बिक्री नभएमा ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन पाइने छ ।

बोर्डको निर्देशन अनुसार यसअघि आवेदन दिइसकेका आवेदकहरुले सो आवेदनमा सेयर संख्या थप/घट गर्न वा आवेदन फिर्ता गर्न चाहेमा असार २२ गतेदेखि २४ गतेसम्म आफ्नो सी आस्बा सदस्य, बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवदेन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले जेठ ३२ गतेदेखि प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here