कक्षा ११ को विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिन छुट्याउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्ना गर्दा कम्तीमा १५ दिनको समयावधी राख्न शिक्षण संस्थालाई आग्रह गरेको छ ।

छोटो समयमा भर्ना लिँदा टाढाबाट आउने दुर्गमका विद्यार्थीले आवेदन दिन नपाउने भन्दै महानगरपालिका महानगरभित्र रहेको शिक्षण संस्थालाई यस्तो आग्रह गरेको हो ।

महानगरको शिक्षा विभागले आज आइतबार एक सूचना प्रकाशन एसईईको नतिजा आएको मितिले कम्तीमा १५ दिन म्याद राखेर आवेदन दिन पाउने व्यवस्था गर्न निर्देशन दिएको हो।

विगतमा शिक्षण संस्थाहरूले फरक-फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गरेका कारण देशका विभिन्न क्षेत्रबाट काठमाडौँ आउने विद्यार्थी आवेदन दिनबाट बञ्चित भएको महानगरपालिकाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here