जुकरबर्गको ‘थ्रेडस् एप’ विरुद्ध कानूनी कारवाहीमा जाने मस्कको चेतावनी

काठमाडौं । एलन मस्कले केही दिनअघि सार्वजनिक भएको थ्रेड्समाथी मुद्दा हाल्ने चेतावनी दिएका छन् । आफ्ना पूर्व कर्मचारी काममा राखेर ट्वीटर जस्तै एप बनाएको आरोपमा एक्स कर्पोरेसनले मेटा विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको हो ।

ट्वीटरको प्रतिनिधित्व गर्ने वकिल एलेक्स स्पिरोले बुधबार मेटाका सीईओ मार्क जुकरबर्गलाई एउटा पत्र पठाएको अन्तरराष्टिय समाचार एजेनिसहरुले बताएका छन् ।

सो पत्रमा मेटालाई ट्विटरका पूर्व कर्मचारी काममा राखेर ट्वीटर जस्तै एप बनाउन कम्पनीको ‘ट्रेड सिक्रेट’ र निकै संवेदनशील जानकारी चोरेको आरोप लगाइएको छ ।

थ्रेड्सले ट्वीटरको फलोअर्सको जानकारी बारे डेटा चोरी गरेको समेत आरोप लगाइएको छ ।

पठाइएको पत्रमा ट्वीटरले आफ्नो कम्पनीको ट्रेड सिक्रेट प्रयोग नगर्न माग गर्दै गरेमा मुद्दा हाल्ने चेतावनी दिएको छ । मेटाले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । ‘थ्रेड्स’ लन्च भएको ७ घण्टामा नै १ करोड प्रयोगकर्ताले ‘साइन अप’ गरिसकेका थिए।

ट्वीटरले मेटालाई पठाएको पत्रमा थ्रेड्स बनाउनका लागि ट्वीटरकै पूर्व कर्मचारीहरुले कागजपत्र र प्राविधिक सामाग्रीको दुरुपयोग गरिएको उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here