पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसईई उत्तीर्ण

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण भएका छन् । दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले २.६५ जिपिए ल्याएर उत्तीर्ण भए ।

विसं २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए । एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए । उनी २०६९ सालमा घर फर्किएका थिए। गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएको थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here