राष्ट्र बैंकको निर्देशन-‘विदाका दिन पनि राति ८ बजेसम्म बैंक खोल्नू’

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी २ वटा शनिवार बैंक खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एक सुचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तिय संस्था खुला राख्न भनेको हो ।

असार २३, २४ र ३० गते विदाका दिन भएकाले त्यस दिन पनि बैंक खोल्न भनिएको हो। असार ३१ गते भने राती ७ बजेसम्म बैंक खोल्न भनिएको छ ।

आर्थिक वर्षको अन्यमा ज्यादा राजस्व संकलन हुने भएकाले सोको कारोबार गर्ने बैंक तथा वित्तिय संस्थालाई सेवा बन्द नराख्न भनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here