इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ।

नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी., ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन।

इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन्। त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here