मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको काली खाेला नजिकै शनिबार दिउँसो ४ बजेतिर सुख्खा पहिराे जाँदा सडक अवरुद्ध भएको छ ।

पटकपटक पहिरोका कारण सडक अवरुद्ध भएर केही दिनयता नियमित सञ्चालनमा रहेको उक्त सडक खण्डमा शनिबार फेरि पहिरो गएर सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढ तर्फ आउने सवारी साधन जाममा परेका छन् । अब थप पहिरो नखसे पहिरो पन्छाउन ५ घण्टा जति समय लाग्ने पनि सडक डिभिजन भरतपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here