नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी सञ्चालन

काठमाडौं । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज बिहानदेखि सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुई तर्फी अवरुद्ध बनेको थियो । तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here