डिजिटल माध्यमबाट मन्त्रीपरिषद् बैठक, सिंगापुरमा रहेका प्रधानमन्त्रीको अध्यक्षता

सांकेतिक तस्वीर

काठमाडौं, ९ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषद् बैठक आह्वान गरेका छन् । तर, उनी सिंगापुरमा छन् । अन्य मन्त्री नेपालमा ।

सरकारले पहिलो पटक प्रविधिमा आधारित रहेर मन्त्रीपरिषद् बैठक आह्वान गरेको हो । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका अनुसार सोमबार अपरान्ह बैठक बोलाइएको छ ।

यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा रहेका बेला अधिकार प्राप्त उपप्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्ने प्रचलन रहेको थियो ।

तर, प्रधानमन्त्री उपचारका सिलसिलामा सिंगापुर जानुअघि भिडियो कन्फे्रन्समार्फत् पनि मन्त्रिपरिषद् बैठक बस्ने सक्ने गरी निर्णय भएको थियो ।

सरकारले प्रविधिको उच्चतम प्रयोग गर्ने बताएको छ । सोहीअनुसार पहिलो पटक प्रधानमन्त्रीले डिजिटल माध्यममा आधारित रहेर बैठक बसाल्न थालेका छन् ।

नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरिएको छ । जस अनुसरा प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था थप गरिएको हो ।

प्रधानमन्त्री बिहीबार सिंगापुरतर्फ लागेका हुन् । उनको बसाई लम्बिने भएपछि सिंगापुरबाटै कामकाज संचलनमा लागेका छन् ।

त्यसो त सोमबार नै सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले पहिलो पटक एकल कार्यकारी भूमिकामा नेकपाको बैठक आह्वान गरेका छन् । यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको अध्यक्षतामा बस्ने बैठक सोमबार भने प्रचण्डको एकल अध्यक्षतामा बस्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here