राष्ट्रिय झण्डा ओढाएर गायक रविन तामाङलाई श्रद्धाञ्जली, आजै अन्त्येष्टि

काठमाडौं । दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमासंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाए । युवाहरुले गितार बजाउँदै गीत गाएर उनलाई श्रद्धाञ्जली दिएका थिए। स्वयम्भुमा तामाङ परम्परा अनुसार उनको अन्त्येष्टी गरिनेछ।

गत मंगलबार साँझ ६० वर्षको उमेरमा उनको रहस्यमय निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here