तोलामै ७ सय रुपैयाँले बढ्यो सुन, चाँदीको भाउमा पनि बृद्धि

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला ७ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँले बृद्धृ भएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ रहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदी तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here