संसदको अवरोध खुलाउन छलफलमा जुटे प्रचण्ड-देउवा र ओली

काठमाडौं । एमालेले निरन्तर सदन अवरोध गरेपछि समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओली छलफलमा जुटेका छन् । तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिले एमाले आन्दोलित छ।

प्रचण्डको राजीनामा माग गर्दै प्रतिनिधि र राष्ट्रियसभाको बैठक अवरुद्ध पार्दै आइरहेको छ। । सत्ता गठबन्धनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here