दोहोरो अंकले बढ्यो नेप्से, तीन अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)२८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २८७ कम्पनीको ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३३१ दशमलव ७० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.५१ प्रतिशतले बढेर प्रतिकित्ता ७४१ दशमलव ५० रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७ प्रतिशत भन्दाबढिले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफको भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here