दोस्रो पटकको अल्टिमेटममा महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीले स्पष्टीकरण बुझाएका छन् ।

यसअघिको पहिलो अल्टिमेटममा अटेर गरेर स्पष्टीकरण नबुझाएका अधिकारीले अन्तिम दिन स्पष्टीकरण बुझाएका हुन् ।

यसअघि पहिलो पटक सात दिने स्पष्टीकरण सोधिएकोमा अधिकारीले जवाफ नदिँने भन्दै अटेर गरेका थिए ।

मन्त्री किरातीले दोस्रो पटक तीन दिनको समय दिएर स्पष्टीकरण माग गरेका थिए । मन्त्री किराँतीले अझै पनि अटेर गरे अधिकारीलाई कारबाहीको तयारी गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले असार १२ गते सात दिनको स्पष्टीकरण सोधेका थिए । तर, मन्त्री किरातीले गोप्य कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै स्पष्टीकरण दिएका थिएनन् ।

मन्त्री किराँतीले अझै पनि अटेर गरे अधिकारीलाई कारबाहीको तयारी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here