‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा म अपराधी भएँ प्रधानमन्त्रीलाई छुट’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू आजबाट तारेखमा रहेको जानकारी गराएका छन्।

सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको पनि उल्लेख गरेका छन्।

उनले भनेका छन् -‘आज एउटा विशेष दिन आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा’, उनले लेखेका छन्, ‘र आजै प्रधानमन्त्रीज्युले छुट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी ।’ उनले आदिपुरुष महानगरपालिकाभित्र चल्न नदिने अडानविरुद्ध परेको मुद्दामा तारिख पाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here