पूर्व सर्‍यो मनसुनी रेखा, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ । राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

भोलि (मंगलबार) पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

राति पनि धेरै जसो स्थानमा पानी पर्ने छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ ।

राति पनि अधिकांश क्षेत्रमा पानी पर्नेछ भने कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने महाशाखाको पूर्वानुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here