घोराही सिमेन्ट र आइएमई लाइफको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले स्थगित भएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २२ गतेदेखि पुनः बिक्री खुला गरेको आइपीओमा आज असार २५ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले सिआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

त्यसैगरी, आइएमई लाइफले असार २१ गतेदेखि प्रतिकित्ता २३६.९१ रुपैयाँ (अङ्कित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँँ थपेर)दरले ९६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here