झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ७९ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)०.८० अंकले घटेर २०७६.९६ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २९३ कम्पनीको ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ वटा घटेको छ भने अन्य सबैको परिसूचक बढेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६४ दशमलव ८० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज ३१ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आज सबैभन्दा बढी हिमालयन हाइड्रोपावर र सिटी होटल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दाबढीले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here