शोधानान्तर स्थिति २ खर्ब २८ अर्बले बचत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो एक अध्ययन प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अन्त्यमा शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको जनाएको छ। जेठ महिनामा मात्र १४ अर्ब ३१ करोडले थप भएको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०७९/८० को एघारौं महिनाको आर्थिक स्थितिबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले उक्त तथ्यांक उल्लेख गरेको हो।

वैशाखसम्म शोधान्तर बचत २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ अर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो।

नेपालबाट मुलुक बाहिर हुने कारोबारभन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा हुने स्थितिलाई शोधनान्तर बचत भनिन्छ।

यस्तै, जेठसम्म चालु खाता घाटा ६९ अर्ब ४० करोड रहेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो बर्षको सोहि अवधिमा चालु खाता घाटा ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here