‘ज्ञानुको बा भएर बोल्दा थोरै भावनामा आएँ, मैले त्यो नभनेको भए हुन्थ्यो’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक बिमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । प्रितम सिंहको किताब विमोचनमा आफूले प्रधानमन्त्रीको हैसियतभन्दा पनि छोरीको बुबा भएर भावनात्मक भएर बोल्न पुगेको प्रष्टीकरण दिएका हुन्।

‘यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यति त प्रचण्ड भयो अब गर्नुहुन्छ के ?’ प्रचण्डले अगाडि भने, ‘थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोल्नुपर्ने स्वीकार गरेका उनले भने, ‘तर म त्यो दिन प्रधानमन्त्री भएर बोलिन । म ज्ञानुको बुबा भएर बोल्न पुगेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगे ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here