मनसुन सुरु भएयता बाढी र पहिरोबाट २५ जनाको मृत्यु

फाइलफोटो

काठमाडौं । यसवर्षको मनसुन सुरु भएयता प्राकृतिक विपद्का घटनाबाट २५ जना मानिसले ज्यान गुमाएका छन्। विशेषगरी बाढीपहिरोका कारण २४ जिल्लामा अकल्पनीय क्षति भएको छ।

जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयता बाढी–पहिरोलगायतका प्रकोपबाट १८ जना घाइते छन्। २५ जना बेपत्ता भएका छन् ।

बाढी–पहिरोबाट हालसम्म ८३ घरमा क्षति पुगेको छ भनेर ११९ वटा घरमा आंशिक क्षति भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ।

यस वर्षको बाढी पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। त्यहाँ ३ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ताको अवस्थामा छन्।

पाँचथरमा ३ जनाको मृत्यु भएको भने ३ जना बेपत्ता छन्। यस्तै ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्युु भएको थियो। यो २५ गते साँझ ५ बजेसम्मको तथ्यांक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here